नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेश बिचको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।

नेपाली महिला टिमले घरेलु मैदान दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेका हुन् । साथै, नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ। खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय