काठमाडौँ ( आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल खेल्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल अपरान्‍ह सवा ४ बजे सुरु हुनेछ । नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा सोमबारको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ। अमेरिका भने १३ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ। ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ओमानको १० खेलबाट १६ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय