नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नयाँ एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।

नयाँ वरीयता अनुसार नेपाल १५औँ स्थानमा छ।अघिल्लो वरीयतामा नेपाल १६औँ स्थानमा थियो। नेपालले पपुवा न्युगिनी पीएनजी विरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो । त्यसपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सोमबार अमेरिकालाई पराजित गरेको थियो।

एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । डिभिजन–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजनका लागि नेपाल हाल ओमान भ्रमणमा छ। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन्।- बाह्रखरीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah