‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरले म त डुब्दै डुब्दै गएँ बोलको गीत गाएका छन् । युवक युवतको प्रेममा डुबेका भाव बोकेको गीतको भिडियो सार्वजनिक भएको छ।
छ । किरणलाई गायनमा ममता गुरुङले साथ पनि दिएकी छिन् । गीतका संगीतकार अर्जुन पोखरेले नै यो गीत लेखेका हुन् । भिडियोमा नायक पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको छ।



