काठमाण्डौ, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग अङ्क बाँडेको छ । सिटीको ५ खेलमा १० अङ्क छ । सिटी लिगको दोस्रो स्थानमा छ । त्यस्तै साउथह्याम्पटन ४ अङ्कका साथ १५ औं स्थानमा छ । प्रिमियर लिगमा वाट्फोर्डले नर्विच सिटीलाई ३–१ गोलले र ब्रेन्टफोर्डले वुल्भ्सलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले एकरएक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय