नेपाली राष्ट्रिय महिला फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोट क्वालिफायर राउन्डका दुई खेलपछि नेपाली टिम स्वदेश फर्किएको हो।
फर्किएको नेपाली महिला टोलीलाई एन्फाका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। नेपालले न्युट्रल भेन्यु उज्वेकिस्तानमा फिलिपिन्स र हङकङसँग दुई खेल खेलेको थियो। नेपालले दुवै खेलमा जित निकाल्न सकेन।

समूह एफ अन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी गरेको छ।

यससँगै नेपालले एसियन कपमा छनोट हुन सकेन्। समूह एफको अन्तिम खेल आगमि अक्टोबर २४ मा हङकङ र फिलिपिन्सले प्रतिस्पर्धा गर्नेछन्। सो खेलको विजेताले अर्को वर्ष भारतमा हुने एसियन महिला कप खेल्नेछ। बराबरी भएमा फिलिपिन्स एसिया कपमा पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah