पोखरा रंगशालामा देशकै ठुलो बहुउदेश्यीय कर्भडहल निमार्ण गरिएको छ । देशकै ठुलो कभर्डहल (३५ हजार वर्गफिट) जुन अन्तराष्ट्रिय मापदण्ड अनुसारको कुनैपनि इन्डोर खेल खेलाउन सकिन्छ । अहिले राष्ट्रिय ए डिभिजन फुटसल लिग चलिरहेको छ । फुटसल लिगमा बुधबार स्पोट्र्स क्यासल र झरना स्पोट्र्स क्लबबिचको खेल चलिरहँदा कोर्टमा पानी चुहियो । पोखरामा अचानक परेको अविरल वर्षाका कारण कभर्डहलमा पानी चुहिएको हो । लाखौँ रुपैँया खर्च गरेर बनाइएको हलमा यसरी पानी चुहिदा खेलाडी निकै समस्यामा परे । फुटसल आयोजक एन्फाका प्रतिनिधिहरु पानी पुछ्नमै व्यस्त देखिए । तर, फुटसलको लागिमात्र होइन् । अन्य खेल हुदाँ समेत समस्या उही रहन्छ । कभर्डहल निमार्ण हुदैँ गर्दौ १३ औँ साग अन्तगर्त महिला पुरुष ह्याण्डबलको समेत आयोजना भएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पटक पटक जानकारी गराएपनि वेवास्ता गरेको जानकारी प्रतिक्रिया दिनुभयो ।‘त्यहाँ पानी चुहिन्छ । यो कुरा हामीलाई होइन प्राविधिकलाई सोध्नुपर्छ । मैले पनि भनेको ४ वर्ष भयो । वेवास्ता गरेका छन्’ उहाँले भन्नुभयो,‘ भनेको सुनेनन् कम्जोरी निमार्ण पक्ष वा प्राविधिक पक्षको हामीलाई थाहा भएन ।’
योगीको भनाइ अनुसार निमार्णको समयमा गम्भिर त्रुटि भएको देखिएको छ । उहाँले सम्झौता अनुसारको सामानको प्रयोग भएको छ या छैन भन्ने नै यकिन नभएको बताउनुभयो ।

‘स्टेमेट अनुसारको बनेको छ की छैन् त्यो हेर्नुपर्छ’ उहाँले भन्नुभयो । कर्भर्डहल निमार्ण डाँफेमुनाल एण्ड आचार्य प्रतिष्ठा कम्पनीले गरेको थियो । उक्त कम्पनीका प्रोजेक्ट मेनेजर दिपक बरालले हल बुझाएको करिब ५ वर्ष भइसकेको बताउनुभयो । ‘हामीले हल बनाएको बुझाएको ५ वर्ष जति कटिसक्यो । सुरुको १ वर्ष भनेको हाम्रो परिक्षण काल हो । त्यतिबेल केहीभएको खण्डमा हामीले काम गर्ने हो । अब हाम्रो होइन् ’ बरालले भन्नुभयो,‘हामीले निमार्ण गरेर दिएपछि त्यहा धेरै काम भए माथि जिप्सन राख्ने लगायत साउन्ड सिस्टम राख्ने काम पनि भयो ।’ यस विषयमा आफू पोखरा आएपछि विस्तृत रुपमा जानकारी दिने बरालले बताउनुभयो ।

कोर्टमा नै पानी चुहिनु सामान्य कुरा भने होइन् । इन्डोर खेल म्याट तथा पार्केटिङमा खेलाउँदा पानी परेमा निकै चिप्लो हुने गर्दछ । जहाँ खेलाडी घाइते हुने जोखिम रहन्छ । जुन कुरा बुधवारको खेलले पनि प्रमाणित गर्दछ ।२०७१ सालमा निमार्ण शुरु गरिएको कभर्डहल२०७६ सालमा सम्पन्न भएको थियो । २ वर्षमा सक्ने गरी सम्झौता भएपनि २०७२ सालको विनासकारी भुकम्पका कारण निमार्णकार्य रोकिएको थियो । पटक पटक म्याद थप गरी ४ वर्षमा हल निमार्णसम्पन्न भएको थियो ।

यद्यपी भित्र फिनिसिङ गर्नेदेखि ले पूर्णता पाएको थियो ।अहिले निमार्ण कम्पनीले क्षेत्रीय खेलकुद विकासम समितिलाई उक्त हल हस्तान्तरण समेत गरेको छ । छानोबाट दर्शक बस्ने स्थानमा समेत आहाल बनेको छ । टिनबाट पानी चुहिएर प्यारापिटमा आहाल बनेको हो भने । छानो ढाक्न र सुन्दरता देखाउन राखिएको जिप्सनबोर्डबाट समेत पानी कोर्टमै खसेको थियो । खेल चलिरहँदा क्यासल र झरनाका खेलाडी पानीमा परेर चिप्लिएका थिए । निमार्ण गरिएको हलमा अहिले पार्केटिङ समेत गरिएको छ ।
१३ करोड ३० लाख रुपैयाँमा निमार्ण गरिएको कभर्डहलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उक्त कभर्डहलको लागि सिट जडान गर्न टेन्डर आह्वान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah