मनोरञ्जन

हिरासतमा रहेका छोरा आर्यन खानको पिरले रात दिन सताइरहेको छ आमा गौरीलाई, त्यसकारण मनाइनन् आफ्नो जन्मदिन


  काठमाडौं   एजेन्सी   २०७८ आश्विन २३, १०:२०

यतिबेला चर्चामा रहेका छन् शाहरुख खानका छोरा आर्यन खान । क्रुज ड्रग्स पार्टीमा सहभागि भएको बिषयमा अहिले आर्यन खान एनसीबीको हिरासतमा रहेका छन् ।

उनको हिरासत पछि परिवार भने ठुलो तनावमा रहेको छ । बिशेष गरेर आर्यनकी आमा गौरी अत्यन्तै दुखी मोडमा रहेकी छिन् । उनी छोराको हिरासत र दिन दिनै ड्रग्स केसमा जकडिदै गईरहेका बेला बिचलित अवस्थामा रहेकी छिन् ।हुन त शुक्रबार शाहरुख पत्नी गौरीको जन्मदिन हो ।

तर पनि उनले आज आफ्नो जन्म दिन मनाउन सकिनन् किनकि उनका छोरा आर्यन अहिले हिरासतमा रहेका छन् । आफ्ना साथी तथा आफन्त जनहरुसंग गौरीले धुमधामका साथ जन्म दिन मनाउने तयारी गरेकी थिईन् । छोराको यो काण्ड बाहिरीए पछि उनी सबै जन्मोत्सवको कार्यक्रम रद्ध गरेर चिन्तित अवस्थामा बसेकी छिन् ।

सधै छोरा छोरी आफन्त साथी भाई संग उल्लासमय तरिकाले जन्म दिन मनाउने गरेकी गौरीलाई यसपालीको जन्म दिनमा ठुलै संकट आईपरेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार