खेलकुद

‘फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ’


  काठमाडौं   सवाल नेपाल   २०७८ आश्विन २८, ०६:४४

  • नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।
नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुसी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नबोल्ने बताए । नेपालले आज बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।
सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार