माल्दिभ्स । माल्दिभ्सको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टि दिएको छ। राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको सन्तोष मगरले जानकारी दिए।

‘राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टि दिएको यो पहिलो घटना हो,’ मगरले भने। माल्दिभ्समा नेपाली राजदूतावास नभएका कारण त्यहाँ साह्रोगाह्रो पर्ने नेपालीका लागि खटिने व्यक्तिको रुपमा परिचित छन्, मगर। माल्दिभ्सलाई हाल श्रीलंकामा रहेको नेपाली दूतावासले हेर्ने गर्छ। श्रीलंकामा रहेको नेपाली दूतावासले पनि केही समस्या परेको खण्डमा उनलाई नै भन्ने गर्छ।

‘आज हामी १५ सयदेखि २ हजारको हाराहारीमा रंगशालामा नेपालको समर्थनमा जाने छौं,’ उनले भने, ‘एक हजार जनाले त टिकटको लागि हिजोदेखि नै भनिरहेका थिए।’ मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार बताइएको छ।

मालेमा घरमा काम गर्ने नेपालीको पनि बाक्लो उपस्थिति छ। उनीहरूलाई पनि खेल हेर्न घर मालिकले छुट्टी दिएको मगर बताउँछन्। ‘आज प्रायः सबै कम्पनीले नेपालीलाई फुटबल हेर्न छुट्टि दिएका छन्। नदिए पनि नेपालीहरू काम छोडेर खेल हेर्न बस्छन्,’ उनले बताए।

सन्तोष मगरले हिजो शुक्रबार दसैंमा नेपाली खेलाडीलाई टिका तथा जमरा ग्रहण गराउन पशुपतिनाथबाट टिका तथा जमरा मगाएका थिए। ‘मैले सवा दस बजेतिर टिमका म्यानेजर कृष्णभक्त मानन्धरलाई भेटेर जमरा र टिका दिएको थिए,’ उनले भने।

माल्दिभ्समा १२ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको मगर बताउँछन्। मालेभन्दा बाहिर अन्य टापुमा धेरै मात्रामा नेपालीहरू कार्यरत रहेको उनको भनाई थियो।
नेपाल प्रेसबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah