काठमाडौ । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल अहिले जारी छ ।
माल्दिभ्समा जारी खेलको पहिलो हाफसम्मको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् । वर्षाले प्रभावित खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेका छैनन् । खेल निकै प्रतिस्पर्धात्मक बनेको छ । नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो भने भारत सात पटकको उपाधि विजेता रहिसकेको छ ।



