काठमाडौ । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः ‘एएफसी यू( २३ एसियन कप २०२२ छनोट’ खेल्दैछ। त्यसअघि नेपालले आज शुक्रबार इण्डोनेसिया यू,२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

नेपाल र इण्डोनेसियाबीचको खेल स्थानीय समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन प्रतियोगिताको पूर्वसन्ध्यामा इण्डोनेसियासँगको मैत्रीपूर्ण खेल टोलीको कमी कमजोरी पत्ता लगाउन हुने र उक्त खेल कमजोरी सुधारको मौकासमेत हुने बताउँछन्। ‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ रु कुन स्तरमा छ, थाहा हुन्छ’, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका महर्जन भन्छन् ।

यस खेलले नेपाली टोलीको सुरुवाती ११ समेत पहिचान गर्नेछ। ताजकिस्तान उड्नुअघिसम्म नेपाली टोलीले अन्तिम २३ खेलाडी सम्मिलित भएर आफ्नो अभ्यास सत्र बढाउन सकेन। माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिप उपविजेता टोलीमा यू( २३ टोलीबाट छ जना खेलाडी रहेका थिए । यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे।

यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ। प्रशिक्षक बालगोपाल इण्डोनेसियाविरुद्ध खेलबाट नेपालको सुरुवाती ११ ९प्लेइङ सेट०समेत तय हुने बताउँछन्। ‘अभ्यास सत्र कम भएकाले सुरुवाती ११ समेत तय गर्न पाएको थिएन। खेलाडीसमेत जम्मा भएका थिएनन्। यस खेलले टिमको सुरुवाती ११ तय गर्नसमेत सहज हुनेछ’, प्रशिक्षक महर्जनले भने।

नेपाली टोलीमा १० जना खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। साफ उपविजेता टोलीबाट मनीष डाँगी, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक विष्ट र विशाल श्रेष्ठ छन् । राष्ट्रिय टोलीमा विशालले डेब्यु पाएका छैनन्।

कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजिव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन्। एएफसी छनोटको समूह ‘बी’मा रहेको नेपालले बलिया इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले समूह ‘बी’मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ। इराक फिफा वरीयतामा २२औँ स्थानमा छ ।

दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान। फिफा वरीयतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । तेस्रो प्रतिद्वन्द्वी लेवनान ९७औँ स्थानमा छ । लेवनानसँग नेपालले १४ गते खेल्नेछ। नेपाल भने १६८औँ स्थानमा छ। समूह ‘जी’मा रहेको इण्डानेसियाले एसियाली पावर हाउस अस्ट्रेलिया, चीन र ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।

ताजकिस्तान उड्नुअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने बताएका छन्।

‘राष्ट्रिय छ खेलाडी र अन्य गरी धेरै खेलाडी छन् साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ। सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन। कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ’, उनले भने, ‘खेलाडी मानसिक रूपमा बलिया छन्। खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah