कार्तिक ३, २०७३   संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले चिकित्सा क्षेत्रमा देखिएको अनियमितता अध्ययन गर्न उपसमिति बनाएको छ । सिंहदरबारस्थित समितिको सचिवालयमा आज बसेको बैठकले चिकित्सा क्षेत्रमा शुल्क, सिट र प्रवेश परीक्षामा देखिएको अनियमितता अध्ययनका लागि ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई शुल्कमा देखिएको अनियमितता, प्रवेश परीक्षा, काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप भए/नभएको तथा सिट निर्धारण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको समिति सभापति रञ्जुकुमारी झाले जानकारी दिनुभयो ।

उपसमिति गठन गर्नु अघि समितिले स्वास्थ्यमन्त्री गगन थापासँग चिकित्सा क्षेत्रमा देखिएको समस्या र समाधानका लागि सरकारबाट भएका प्रयासबारे जानकारी लिएको थियो । स्वास्थ्यमन्त्री थापाले केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको प्रतिवेदनलाई निर्देशक डकुमेण्ट्रीको रुपमा लिएर काम अघि बढाइरहेको जानकारी गराउनुभएको थियो । उहाँले शैक्षिक सत्रलाई असर नपर्ने गरी अर्को व्यवस्था नहुन्जेलसम्म नेपाल मेडिकल काउन्सिललाई काम अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah