आइसिसी टि-२० विश्वकप सुपर १२ को समूह ‘२’अन्तर्गत आज पाकिस्तान र अफगानिस्तान भिड्दै छ । पाकिस्तान लगातार तेस्रो तथा अफगानिस्तान दोस्रो जितको खोजीमा छन् ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दा अफगानिस्तानले स्कटल्यान्डमाथि १३० रनको जित हात पारेको थियो ।

टि-२० विश्वकपमा यी दुईले पहिलोपटक एक अर्काको सामना गर्दैछन् । पछिल्लो समय लयमा देखिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ । खेल नेपाली समयअनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

अफगानिस्तानको मुख्य खेलाडी स्पिनर राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी हुन् भने पाकिस्तानका मुख्य खेलाडी ओपनर बाबर आजम र मोहम्मद रिजवान हुन् ।

अफगानिस्तानको टोली :
हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), अस्गर अफगान, गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक,मुजिब उर रहमान, हश्मतुल्लाह शाहिदी, उस्मान घानी, फ्रिद अहमद र हामिद हसन ।

पाकिस्तानको विश्वकप टोली :
बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, शरफराज अहमद, हरिस रौफ, हसन अली, ईमाद वासिम, हैदर अली, मोहम्मद हफिज, फखर जमान, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र शोएब मलिक ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah