पाँचथर, ३ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक क्रान्तिमार्फत मलुकलाई समृद्ध बनाउने बेला आएको बताउनुभएको छ ।

तरुण दलको ६४औँ स्थापना दिवसका अवसरमा सदरमुकाम फिदिममा आज आयोजित कार्यक्रममा उहाँले मुलुकलाई समुन्नत बनाउन कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा जोड दिनुभयो ।

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सबै राजनीतिक दललाई समेटेर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “२०७४ माघसम्म तीन वटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, त्यसैले सबै दल मिल्नुको विकल्प छैन ।”

कार्यक्रममा नेका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङलगायतले धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah