काठमाडौं । नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया हिनामिना गरेको आरोपमा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल बुधबार बालुवाटार ४ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ । कम्पनी बाटै उजुरी परेपछि उनी प्रहरीकाे पक्राउमा परेका हुन ।
उनि बिरूद्ध दशै अघीनै कम्पनीले उजुरी दिएपनि प्रहरीले भने बुधबार मात्रै पक्राउ गरेकाे हाे । गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतको रुपमा कार्यरत थिए । गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् ।



