नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारले सट जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।
२३ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको महिला क्रिकेट टोली सिरिजमा सहज जितसँगै सुरुवात गर्ने योजनामा छ । नेपाली महिला क्रिकेट टोलीले पछिल्लोपटक १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० खेलेको थियो ।
सिरिजअन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ गते दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछ ।



