मेस्सीको टोलीले विश्वकपमा स्थान बनाउँदा उनका कुनै समयका एउटै क्लबका सहकर्मी लुइस स्वारेजको उरुग्वे भने विश्वकपमा छनाैट नहुने सम्भावना बढ्दै गएको छ।
१४ खेलबाट १६ अंक भएको उरुग्वे तालिकाको छैटौँ स्थानमा छ। अघिल्लो खेलमा अर्जेन्टिनासँग १-० गोलले पराजित भएको उरुग्वेले बुधबार बिहान भएको खेलमा बोलिभियासँग ३-० गोलको हार ब्यहोरेको थियो। उरुग्वेले विश्वकपका पछिल्ला लगातार तीन संस्करण खेलेको छ।



