दक्षिण अफ्रिकाको क्रिकेट टोलीका पूर्व कप्तान एबीडी भिलियर्सले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका भिलियर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०लगायत घरेलु लिग खेल्दै आएका थिए।
सामाजिक सञ्जाल ट्वीटरमार्फत ३७ वर्षीय भिलियर्सले सन्यासको घोषणा गरेका हुन्। उनले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
भिलियर्सले क्रिकेट खेलाडीको रुपमा आफ्नो यात्रा निकै अविस्मरणीय रहेको बताएका छन्। आफूले पूर्णरुपमा मनोरञ्जनका साथ क्रिकेट खेलेको उल्लेख गरेका छन्।
उनले अब आफूले पहिलाको जस्तो क्रिकेट खेल्न नसक्ने भन्दै यो वास्तविकतालाई स्वीकार गर्नुको विकल्प नरहेको भिलियर्सको भनाइ छ।



