झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता भएको छ।
बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको बिर्तामोडमा शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने बताइएको छ। प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा/छुट्टै प्रतिस्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

त्यस्तै फर्ष्ट र सेकेण्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए।

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिए।

महिला र पुरुषका लागि छुट्टै/छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah