नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको हो।

आईसीसी एकेडेमीको मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन बनाएको थियो। जसका लागि प्रियदा मुरलीले सर्वाधिक १० रन बनाउँदा मार्यम ओमरले ७ रन बनाइन्। कुवेतका सातजना ब्याटरको खातामा शुन्य रन रह्यो।

बलिङतर्फ नेपालकी संगीता राईले सर्वाधिक ३ विकेट लिँदा करुणा भण्डारी र रुबिना क्षेत्रीले समान २/२ विकेट लिए। त्यस्तै सरस्वती कुमारीले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। इन्दु वर्माले अभिजित १३ र कप्तान रुविना क्षेत्रीले अविजित १२ रन जोड्दा सीता राना मगरलाई शुन्य रनमै कुवेती बलर मारिया जेस्वीले पभेलियन फर्काएकी थिइन्।

जितसँगै ३ खेलबाट ४ अंक जोडेको नेपाल शीर्षस्थानमा उक्लिएको छ भने २ खेलबाट समान ४ अंक जोडेको यूएई दोस्रो स्थानमा छ। यूएईले आज दिउँसो सवा तीन बजे आफ्नो तेस्रो खेलमा भुटानसँग खेल्दैछ। कुवेत भने लगातार तीन खेलमा पराजय ब्यहोर्दै अंकविहीन रहेर तालिकाको पुछारमा छ। नेपालले यसअघिका खेलमा हङकङसँग पराजय ब्यहोरेको थियो भने भुटानलाई हराएको थियो।

नेपालले अब मलेशिया र युएईसँग खेल्न बाँकी छ। नेपाली टोलीले भोली मलेशियासँग र २८ तारिखमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah