अष्ट्रेलियाले टेष्टमा नयाँ कप्तानका रूपमा तीव्र बलर प्याट कमिन्सलाई नियुक्त गरेको छ। क्रिकेट अष्ट्रेलियाले उपकप्तानको जिम्मेवारी स्टिब स्मिथलाई दिएको छ।

अष्ट्रेलियाले २०२१-२२ मा इंग्ल्यान्डविरुद्ध हुने एशेज सिरिजका लागि कमिन्सलाई कप्तानको जिम्मेवारी दिएको हो। कमिन्स ६५ वर्षपछि टेस्टको कप्तानी समाल्ने फाष्ट बलरसमेत बने।

बोर्डले कमिन्स र स्मिथलाई केही समय अघि अन्तर्वार्ता लिएको थियो। धेरैले स्मिथले कप्तानको जिम्मेवारी पाउने विश्वास लिएका थिए।

अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले एक हप्ता अघि राजिनामा दिएका थिए। उनले २०१७ मा एक महिलासँग गरेको च्याट भाइरल भएपछि राजिनामा दिएका थिए। उनी माथि २०१७ मा एक महिलालाई आफ्नो अस्लिल फोटो पठाएको आरोप छ। साथै उनले अश्लिस म्यासेज समेत गर्ने गरेका थिए।

अष्ट्रेलिया सामन्यतथा ब्याटरहरूलाई नै कप्तानको जिम्मेवारी दने गरेको थियो। यसअघि १९५६ मा तीव्र बलर रे लिंडवालले एक टेस्टको कप्तानी गरेका थिए। त्यस्तै प्रसिद्ध लेग स्पिनर रिची बेनाउड अष्ट्रेलियाका कप्पतानी समाल्ने अन्तिम बलरका रूपमा रहेका थिए।

कप्तानको जिम्मेवारी पाएका कमिन्स अहिले अष्ट्रेलियाका फिट खेलाडी मध्येमा पर्ने गरेका छन्। करिअरको सुरुवातमा चोटबाट ग्रसित भएपनि अहिले उनी उच्च लयमा छन्। उनले अहिलेसम्म अष्ट्रेलियाका लागि ३५ टेष्ट खेलमा २१।९५ को औसतमा १६४ विकेट लिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah