फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३फिल्म निर्माता सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र ‘प्रेम गीत ३’ आगामी फागुन १३ गते रिलिज हुने भएको छ। लभ स्टोरी ‘जनरा’मा बनेको यो चलचित्र दुई वर्षअघि रिलिज हुने भनिएको थियो। तर, कोरोना महामारीका कारण रोकिएको थियो ।

सामाजिक सञ्जालमार्फत ‘प्रेमगीत ३’ को रिलिज मिति सार्वजनिक गरेका सन्तोष सेनले नेपालीसहित हिन्दी, भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन्। उच्च हिमाली क्षेत्रको कथालाई मूल विषय बनाई निर्माण गरिएको प्रेमगीत ३ अघिल्ला दुई सिरिज भन्दा बढी लगानीमा निर्माण गरिएको निर्माण टिमको दाबी छ ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ। प्रेमगीत ३ को कथामा समेत काम गरेका निर्देशक छेतेनको केही समय अघि निधन भएको थियो। ‘प्रेमगीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी छ । फिल्म आउँदो शिवरात्रीलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah