अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति उनलाई सन् २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

सन् २०२१ मा उनले आफ्नो मुलुक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए। अहिलेसम्म उनले ४० गोल गरेका छन्। जसमध्ये २८ गोल बार्सिलोनाको लागि र चार गोल पीएसजीको लागि गरेका छन्। बाँकी ८ गोल राष्ट्रिय टोली अर्जेन्टिनाको लागि गरेका छन्।

पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की स्पर्धामा दोस्रो भए। चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए भने रियल मड्रिड र फ्रान्सका करिम बेन्जेमाले चोथो स्थान हात पारे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने छैटौं स्थानमा रहे।

बालोन डे’ओरको उपाधि विश्वभरका १८० पत्रकारहरुको मतदानको आधारमा वर्षेनी प्रदान गरिँदै आएको छ। यद्यपि गत वर्ष भने कोरोना महामारीको कारण यो उपाधि प्रदान गरिएको थिएन।
मेस्सीले यसअघि सबैभन्दा धेरैपटक बालोन डे’ओरको उपाधि जित्ने कीर्तिमान बनाइसकेका छन्। पोर्चुगलका रोनाल्डोले पाँचपटक बालोन डे’ओरको उपाधि जितेका छन्।

पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ द इयरको उपाधि पाए। उनले सन् २०२१ मा ५३ गोल गरेका छन्। त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि इटालीका गियानलुइगी डोजनरुम्बाले पाए। त्यस्तै चेल्सी क्लब अफ द इयर बन्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah