सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनलको सम्भावना बलियो बनाएको छ।

प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित निकालेको हो। ७ प्रदेशबीच राउन्ड रोविनको आधारमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना बलियो बनाएको हो। जितका लागि पाएको ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

सुदूरपश्चिमलाई जित दिलाउन वसन्त कार्कीले सर्वाधिक ३७ रन बनाए। उनी अविजित रहे। यता, अर्जुन साउदले अविजित ३२ रनको योगदान गरे। सुदूरपश्चिमका दिपक टमाटाले १० रन बनाए।

प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक २ विकेट लिए। श्रवन किस्कु र अंकित सुवेदीले एक/एक विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २४ ओभरमा अलआउट हुँदै ९० रन बनाएको थियो।

प्रदेश १ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रनको योगदान गरे। अन्य खेलाडीले भने दोहोरा अंकमा रन बनाउन सकेनन्।सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए भने नरेन्द्र साउदले ३ लिए। यता, कैलाश ऐरीले २ विकेट लिए। अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल बागमती प्रदेशविरुद्ध खेल्ने छ। यो खेल शुक्रबार हुने छ।

यता, प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ। प्रदेश १ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध खेल्ने छ। यो खेल बिहिबार हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah