नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको प्रशिक्षकका लागि अन्तिम पाँचजना प्रशिक्षकको अन्तरवार्ता लिएको छ ।

कुल ६० जना प्रशिक्षकको आवेदन परेकाे थियाे । जसमध्ये १५ जनालाई पहिलो चरणमा बोलाइएको थियो । पहिलो चरणको छनोट प्रक्रियाबाट अन्तिम ५ जनालाई क्यानको प्रशिक्षक छनोट समितिले हिजाे (बुधबार) अन्तरवार्ता लिएको हो ।

क्यानले अन्तिम पाँच जनाको नियुक्तिका लागि भने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग समन्वय गरी नतिजा प्रकाशन गर्ने बताएको छ ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक छनोट गर्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)का एकजना प्रतिनिधि पनि रहने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ।

समितिमा क्यान कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल र क्रिकेट म्यानेजर विनोद दास सदस्य रहेका छन् । डेभ वाटमोरले गत ओमान भ्रमणपछि लागू हुने गरी दिएको राजीनामापछि अहिले नेपाली टोलीको प्रमुख प्रशिक्षक पद रिक्त रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah