सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दीले संकटा क्लवसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालामा भएको खेलमा मनाङले संकटाविरुद्ध दुई दुई गोलको बराबरी खेल्यो । खेलको अन्तिममा मनाङका डिफेन्डर फ्रांकलिनले गोल गरेपछि संकटा जितको नजिक पुगेरपनि अंक बाढ्न पुग्यो ।

संकटाले दुई एकको अग्रता बनाउँदा अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझायो । त्यसोत उसले दुई पटकको अग्रता जोगाउन सकेन ।
अधिकांस समय गोलरहित बराबरी भएको खेलमा संकटाले ३२ औ मिनेटमा अग्रता लियो। लक्ष्यमण रुचालको फ्रिकीकमा निरज बस्नेतले आकर्षक हेड गर्दे टीमलाई अग्रता दिलाए। तर उनको अग्रता लामो समय टिकाउन भने संकटा असफल रह्यो।

तीन मिनेट नवित्दै मनाङले खेलमा बराबरी गरेको थियो। मनाङका लागि पुजन उपरकोटीको फ्रिकीकलाई ओलावाला आफिजले आकर्षक फ्लिपु गर्दिए जसलाई दयानन्द सिंहले गोलमा परिणत गरेका थिए।

त्यसपछिपनि दुबै टीमले गोलका केहि सिमित अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन्न्।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा संकटाका फोफानाले डिबक्सबाट गरेको सशक्त प्रहार मनाङका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

त्यसपछि ७० औं मिनेटमा फोफानाको क्रसमा सब्सिच्युट खेलाडी उत्तम राईले हेडर गोल गर्दै टिमलाई दुई एकले अगाडी राखे ।

७५ औं मिनेटमा मनाङको राम्रो अवसरमा संकटाका गोलकिपर बाधक बने । मनाङको प्रहारलाई संकटाका गोलकिपर राजाबाबुले बन्च गरेर बचाए ।

त्यसपछि पनि संकटाले दुई वटा राम्रो अवसर पाएको थियो भने मनाङले खेलमा फर्कनका लागि निकै दबाव दिएपनि गोल भने गर्न सकेन । तर खेलको इन्जुरी समयको अन्तिममा मनाङका डिफेन्डर फ्रांकलिनले उत्कृष्ट गोल गर्दै टिमलाई हारबाट जोगाए ।

यो बराबरीपछि मनाङको तीन खेलमा सात अंक भएको भने गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ । संकटाको पाँच अंकको साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah