चलचित्र विकाश बोर्डका सदस्य एवम् चलचित्र निर्माता अर्जुन कुमारले नेपाली चलचित्रसँग बिदेशी चलचित्र जुधाएको खण्डमा नेपाली चलचित्र आफुहरुले रिलिज नगर्ने बताएका छन् ।
उनका अुनसार नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकाश बोर्ड र नेपाल चलचित्र संघबीच भएको सम्झौतामा केही समय नेपाली चलचित्र रिलिज गर्दा बिदेशी चलचित्र नजुधाउने उल्लेख गरिएको छ । तर अहिले वितरकहरुले दक्षिण भारतीय चलचित्र ल्याएर नेपाली चलचित्रलाई धरासायी बनाउन खोजेको बताएका छन् ।
वितरक हलवालासँगको सहमतिमा निर्माता अर्जुन कुमारले आफ्नो नयाँ चलचित्र ‘चलपी हाईट–३’लाई २ पुषबाट देशब्यापी रुपमा रिलिज गर्दैछन् । यस अघि बलिउडको फिल्म स्पाईडर म्यानको नयाँ संस्करण आगामी ९ पुषमा रिलिज हुने भनेपछि उनले २ पुषमा चपली हाईट रिलिजको घोषणा गरेका थिए । तर वितरकहरुले स्पाईडर म्यानलाई नेपाल ल्याएर २ पुषमा रिलिज गर्दैछन् । उनले यो फिल्मसँग चपली हाईट ३ जुधाउने मानसिकता बनाईरहेको बेला फेरी वितरकहरुले हिन्दीमा स्वराँकन गरिएको दक्षिण भारतीय फिल्म पुष्पालाई २ पुषमै नेपालमा रिलिज गर्ने तयारी गरिरहेका छन् ।
‘हिजोका दिनमा हल खोल्न नसकिएको भन्दै नयाँ नेपाली फिल्म रिलिज गर्न माग गरेपछि मैले नै यस्तो अबस्थामा चपली हाईट ३ रिलिज गर्ने शाहस जुटाएँ । अहिले भने नेपाली चलचित्रलाई धरासायी बनाउन एक साथ दुई बिदेशी चलचित्र ल्याएर जुधाएपछि कसरी नेपाली फिल्म चलाउने ?’ निर्माता अर्जुन कुमारले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भने,‘हामीसँग एउटा सम्झौता गर्ने अनि हिन्दीमा स्वराँकन गरिएका दक्षिण भारतीय फिल्म सस्तोमा ल्याएर हाम्रो सिनेमालाई धरासायी बनाउने वितरकहरुको षड्यन्त्रलाई सफल हुन दिने छैनौं । यस्तै हो भने अब हामी सबै नेपाली चलचित्रको रिलिज रोक्ने छौं ।’
निर्माता अर्जुन कुमारका अनुसार चलचित्र विकाश बोर्डको मातहतमा गरिएको सम्झौता अनुसार एउटा नेपाली चलचित्रलाई दुई हप्तासम्म चल्न दिने र दुई हप्तामा मात्र अर्को नेपाली फिल्म रिलिज गर्ने उल्लेख गरिएको छ । नेपाली फिल्म रिलिज भएको हप्ता एउटा मात्र विदेशी फिल्म केही समय रिलिज गरिने पनि उल्लेख छ । साही कारण आफुहरु नेपाली फिल्म रिलिज गर्न तयार भएकाले अबस्थामा दुई वटा बिदेशी फिल्म ल्याएर फेरी नेपाली फिल्मलाई उठ्न नदिने षड्यन्त्र सुरु भएको पनि उनले बताएका छन् ।
यो विषयमा चलचित्र चपली हाईट ३ की अभिनेत्री स्वस्तिमा खड्काले आफुहरुको फिल्मलाई लक्षित गरेर दुई बिदेशी फिल्म रिलिज गर्न लागेकोमा दुःख व्यक्त गर्दै पत्रकार सम्मेलनमा भनिन्,‘लामो समयको सुन्यता पछि पुषको यस्तो जाडोलाई वेवास्ता गर्दै ठुलो बजेटको नेपाली चलचित्र चपली हाईट ३ रिलिज गरिँदैछ । यस्तो अबस्थामा नेपाली चलचित्र राम्ररी प्रदर्शनी गर्ने र निर्मातालाई सुरक्षित गर्नु पर्ने वातावरण वितरक तथा हल सञ्चालकले बनाउनु पर्ने हो ।’ अहिलेको अबस्थामा नेपाली चलचित्रले दुई ठुलो व्यानरका बिदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न नसक्ने पनि स्वस्तिमा बताएकी छिन्,‘कोरोना सँक्रमण भन्दा अघि नेपाली चलचित्रले बिदेशी सिनेमासँग प्रतिस्पर्धा गरेका हुन् । तर अहिलेको अबस्थामा ठुला व्यानरका दुई बिदेशी सिनेमालाई नेपाली फिल्मसँग जुधाउनु भनेकै नेपाली चलचित्रलाई माथि उठ्न नदिनु हो ।’ अभिनेत्री स्वस्तिमाले हिन्दीमा स्वराँकन गरिएको दक्षिण भारतीय फिल्म नेपालमा त्यो समयमा रिलिज नगर्न पनि विरतकलाई आग्रह गरेकी छिन् ।



