ह्यान्डसम भिलेनको उपनाम पाएका अभिनेता प्रशान्त ताम्राकारले पुनः विवाहको मन बनाएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा यस विषयमा खुलेका हुन् ।

लामो समय यता उनी एक्लो अभिभावक (सिङ्गल प्यारेन्ट्स) बनेर छोरी हुर्काई रहेका छन् । १८ वर्षीया छोरीका पिता प्रशान्तले सानैबाट छोरीलाई हुर्काएको हुनाले उसको हुर्काइमा धेरै समस्या नभएको बताएका छन् ।
आमाको अभाव कतिपय समय छोरीलाई हुने भए पनि उनले बाबुलाई दु:ख लाग्ला भनेर पनि होला हाल सम्म प्रश्न सोधेकी छैनन् भन्ने लाग्छ प्रशान्तलाई ।

प्रारम्भमा आमा–बाबु अचानक टाढा हुँदा छोरीलाई गाह्रो भए पनि प्रशान्तले सके सम्म बुझाउने कोसिस गरे । ९ महिना गर्भमा राखेर जन्माउने आमाको इज्जत गर्न उनले छोरीलाई सम्झाइरहेका हुन्छन् ।

आमा–छोरी पनि सम्पर्कमा छन् । प्रशान्त आमा–छोरीको सम्बन्धको बीचमा आउन चाहँदैनन् ।

प्रशन्तको साथी बनेकी छन् छोरी अहिले । काममा समेत सहकार्य गर्छन् यी दुई । मोडलिङमा छोरीको रुचिले गर्दा फेसन कोरियोग्राफर समेत रहेका ताम्राकार र उनकी छोरी कहिले काहीँ एकसाथ काम गर्छन् ।

छोरीलाई मानसिक र भावनात्मक असर नपरोस् भनेर प्रशान्त डेढ दशक यता छोरीमै हराएका थिए । अब भने छोरीले नै बाबुको एक्लोपन बुझेको भन्ने लाग्छ ।

पढाइको लागि छोरी टाढा जाँदा समेत बाबु एक्लो हुन सक्ने उनलाई डर छ । यसैको लागि छोरीले विवाह गर्न सुझाव दिइएको प्रशान्त बताउँछन् । यस विषयलाई अब भने प्रशान्तले सकारात्मक रूपमा लिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah