च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले अज इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।समूह ‘बी’ को खेल नेपाली समयअनुसार राति पौने २ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले यो प्रतिष्ठाको लडाइका रूपमा रहेको खेल हो । यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । दुवै टोली जितका साथ समूह विजेता बन्ने लक्ष्यमा छन् । जित वा बराबरीले रियल शीर्ष स्थानमा रहनेछ भने हारले इन्टर समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ ।
लयमा रहेको रियलविरुद्ध उसैको मैदानमा जित निकाल्न इन्टरलाई त्यति सहज भने हुने छैन त्यस्तै आजको खेलमा रियल पनि आफ्ना मुख्य खेलाडी करिम बेन्जिमाबिनै मैदान उत्रिने सम्भावना छ । लिगका दौरान घाइते भएका बेन्जिमा आज मैदान उत्रिने सम्भावना निकै कम रहेको विभिन्न सञ्चार माध्यमले बताएका छन् । च्याम्पियन्स लिगमा हालसम्म यी दुईले १२ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा रियल ६ र इन्टर ५ खेलमा विजयी हुदा १ खेल बराबरीमा सकिएको छ । सन् १९६३–६४ सिजनको फाइनलमा भएको पहिलो भेट इन्टरले ३–१ ले आफ्नो पक्षमा पार्दा यही सिजनको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । इतिहास हेर्दा समान स्तरका यी दुई टोलीले एक अर्कालाई कडा टक्कर दिने अनुमान लगाउन सकिन्छ । यही समूहको अर्को खेलमा शाख्तर डोनेक्सले सेरिफको समान गर्नेछ । लिग अन्तर्गत आजै हुने समूह ‘बी’का खेलमा लिभरपुलले एसी मिलान तथा एथ्लेटिको मड्रिडले एफसी पोर्टोको सामना गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah