लियोनल मेस्सी र केलियन एम्बाप्पेले चम्केपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगमाथि ४-१ काे शानदार जित निकालेकाे छ ।

खेलमा मेस्सी र एम्बाप्पेले समान २/२ गाेल गरे । अर्का स्टार खेलाडी नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पीएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । त्यसको ५ मिनेटपछि नै एमबाप्पेले गाेल गरेर अग्रता दाेब्बर पारे ।

एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट खेलेको चलाखीपूर्ण पासलाई एमबाप्पेले भलीमार्फत दाेस्राे गोल गरेका थिए ।

खेलको ३७ औं मिनेटमा लियाेनल मेस्सीले गोल गरेपछि पीएसजीकाे अग्रता तेब्बर भयाे । मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मिग्नोलेटले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६७ अ‍ौँ मिनेटमा क्लब ब्रुगका लागि माट्स रिट्सले सान्त्वना गोल फर्काए । त्यसपछि ७६ अ‍ौँ मिनेटमा पीएसजीले पेनाल्टी पायो । आफूलाई लडाइएपछि प्राप्त भएकाे पेनाल्टीमा मेस्सी चुकेनन् ।

यो जितसँगै पीएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पीएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रह्यो । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah