नेपाली राष्ट्रिय क्रिकेट टिमको रिक्त रहेको मुख्य प्रशिक्षक एक पटक फेरी श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशासायके आउने भएका छन । नेपाल क्रिकेट संघ क्यानले पछिल्लो पटक मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन गर्दा ६० जनाले आवेदन दिएका थिए । त्यसमा अन्तिममा सात जनाको सर्टलिष्ट गरेपनि अन्तरवार्ताका लागि ५ जना उपस्थित भएका थिए

त्यसमा क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा मुख्य प्रशिक्षक छनोट समिती बनाएको थियो । जसमा कोषाध्यक्ष रोशनकुमार सिंह, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र एक जना आइसीसीका प्रतिनिधी रहेका थिए । सो समितीले अन्तरवार्ता लिएका प्रशिक्षकमा सबैलाई पोइन्ट सिस्टममा सूचीकृत गरेको थियो । जसमा पहिलो नम्वरमा भारतीय प्रशिक्षक मोन्टी देशाई, दोस्रोमा पुबुदु दसानायकेलाई राखेका थिए ।

हाल वेष्ट इन्डिजका ब्याटिङ सल्लाहकार रहेका मोन्टी देशाईसँग क्यानले पारिश्रमीक र सुविधामा विषयमा छलफल गर्दा कुरा नमिलेपनि दोस्रो नम्वरमा रहेका पुबुदुलाई ल्याउने तयारी गरेको छ । स्रोतका अनुसार मोन्टी देशाईले महंगो पारिश्रमिक भनेको बताइएको छ । उनले सुरुवातमा २० हजार डलर मासिक तलव माग गरेको र पछि १५ सम्म आउन सक्ने बताएको स्रोतको भनाई छ । तर क्यानले त्यति धेरै तलव दिन कठिन हुने र १२ हजार डलरसम्म आउन सक्ने नसक्ने विषयमा कुरा गरेको थियो । तर त्यसमा मोन्टी देशाई राजी नभएपछि पुबुदुसँग कुरा अगाडी बढाएका थिए ।

नेपाली क्रिकेटलाई टी २० विश्वकपसम्म पुर्याएका पुबुदुले क्यानलाई नयाँ तरिकाले अगाडी जाने र यसअघि भएका कमिकमजोरीलाई सुधार्ने प्रतिबद्धता जनाउँदै नेपाल आउन राजी भएको बताइएको छ । जसका लागि क्यानले आज भोलीमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

पुबुदुलाई क्यानले १२ हजार अमेरीकी डलरमा मुख्य प्रशिक्षकमा अनुबन्ध गर्ने तयारी गरेको छ । यसअघि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक हुँदा पुबुदुलाई क्यानले दोस्रो पटककाे सम्झौतामा तलव बढाएर १२ हजार नै पुर्याएको थियो ।

सुरुवातमा ८ हजार अमेरीकी डलरमा नेपाल आएका पुबुदुले टी २० विश्वकपमा टिमलाई पुर्याएपछि तलव बढाउन माग गरेका थिए । तत्कालिन क्यान अध्यक्ष टंक आङबुहाङको पालामा उनको तलव बढेर १२ हजार अमेरीकी डलर पुगेको थियो ।

तर त्यो बेला एक बर्षका लागि नयाँ सम्झौता हुँदा क्यानको कार्यसमितीसँग खटपट भएपछि उनी नेपाल छोडेका थिए । तत्कालिन क्यानका पदाधिकारीले प्रशिक्षक बोर्डको विरुद्ध गएको र अख्तियारमा समेत क्यानको विरुद्धमा बयान दिएको आरोप लगाएका थिए । यसका साथै उनले बोर्डविरुद्ध बोल्न खेलाडीको साथ दिएको आरोप लगाएका थिए ।

यो कुरालाई यसपटकपनि क्यानले पुबुदुसँग छलफल गर्दा क्यानले राखेको थियो । त्यसमा पुबुदुले पहिले भएको कुरालाई अब नदोहोर्याउने र पुर्णरुपमा ब्यवसायीक भएर आफ्नो योजनामा रहेर काम गर्ने बचन दिएको स्रोतको भनाई छ ।

जसका कारण पुबुदुलाई नेपाल ल्याउन क्यान राजी भएको हो । क्यानले औपचारिक रुपमा प्रशिक्षकको नाम सार्वजनिक गरेको केहि दिनमा नै उनी नेपाल आउने तयारीमा छन ।

नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका र खेलाडीको क्षमता अभिबृद्धी गर्नका लागि सक्षम रहेका प्रशिक्षक पुबुदु हाल कुनै टिमसँग आबद्ध छैनन् । त्यसैले पनि उनी दोस्रो पटक नेपाल आउन तयार भएका हुन । यसअघि डेभ ह्वाटमोरलाई मुख्य प्रशिक्षकका लागि चयन गर्दा पुबुदुले पनि आवेदन दिएका थिए । तर त्यो बेला क्यानले ह्वाटमोरलाई चयन गरेको थियो ।

श्रीलंकाका पूर्व खेलाडी समेत रहेका पुबुदुले नेपाल छोडेर गएपछि उनी नेपाली क्रिकेटका बारेमा सधै चासो राख्ने गरेका थिए ।

पहिलो पटक सन् २०११ मा नेपाल आउँदा पुबुदुले उमेर समुह देखि क्रिकेट एकेडेमीको अवधारणालाई सुरु गरेका थिए । उनी नेपाल चार बर्ष बस्दा राष्ट्रिय टिमले अन्तराष्ट्रिय स्तरमा ठूलो फड्को मारेको थियो । आइसीसी विश्व क्रिकेट लिग डिभिजन चार र तीनको उपाधि दिलाएका पुबुदुले सन् २०१४ मा नेपाललाई टी २० विश्वकपमा पुर्याएका थिए ।

त्यसपछि पनि उनको चाहना एकदिवसिय मान्यता रहेको थियो । तर विचमा नै बाहिरीएपछि त्यो सपना त्यतिकै रहेको थियो । हाल एकदिवसिय मान्यतामा रहेको नेपाली टिमलाई सम्हाल्दा पुबुदुलाई यो मान्यतालाई कायम राख्नुपर्ने चुनौती छ भने आसन्न टी २० विश्वकपमा छनोट गर्ने अर्को चुनौती रहेको छ ।

यसका साथै खेलाडी र क्यानविचको तिक्ततालाई सुमधुर बनाएर बलियो रुपमा अगाडी बढ्नुपर्ने पनि देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah