काठमाडौं, ४ कात्तिक । चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् ।

यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने बताएका हुन् ।

औद्योगिक क्षेत्रमा चीलने हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने उनको भनाइ छ ।

द्विपक्षीय भेटवार्तामा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय