काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन्। लिगमा सातदोबाटो युथ क्लब र नेपाल पुलिसले पहिलो हार बेहोरे। तालिकाको पुछारमा रहेका जावलाखेल युथ क्लब र एपीएफ क्लबले पहिलो एक अंक जोडे। लिगमा ५० गोल पूरा भयो। साविक विजेता पहिलो पटक मछिन्द्र शीर्षस्थानमा पुग्यो भने लिगमा चार टिम अपराजित छन्। सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा सम्झिनुपर्ने कुरा यति रहे।

अझै विषेश रुपमा हेर्ने हो भने मछिन्द्रका स्टार स्ट्राइकर विमल घर्तीमगरले चोटमुक्त हुँदै पहिलो गोल पनि यहि चरणमा गरे। त्यस्तै, अहिलेसम्म लिगमा चार टिम अपराजित छन् भने दुई टिमले लिगमा जोर अंक (१०) बनाएका छन्।

चार चरणसम्मका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मात्र हुँदा आएको नतिजा हो यो। लिगमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने टिम मछिन्द्र छ भने अहिलेसम्म गोल गर्न नसकेको टिम जावलाखेल युथ क्लब रहेको छ।

शीर्षस्थानमा रहेको मछिन्द्रले सात गोल गरेर एक गोलको सामना गरेको छ भने रेलिगेसन जोनको जावलाखेल युथ क्लबले कुनै गोल नगरिनकै तीन गोल बेहोरेको छ। सोमबार साँझ उसले ब्रिगेड बोइज क्लबसँग गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेसँगै लिगको चौथो राउन्ड सकिएको थियो। उसले लिगमा गोल नगरी ३६० मिनेट बिताइसकेको छ। यदि सबै खेलाडीले व्यक्तिगत रुपमा बिताएको समय जोड्ने हो भने जावलाखेलका खेलाडीले गोल नगरीकनै तीन हजार ९६० मिनेट मैदानमा बिताइसकेका छन्।

यो जावलाखेलका लागि बिर्सनलायक नतिजा हो। के यो अवस्थाले जावलाखेललाई रेलिगेसनमा पुर्याउँदैन? जवाफमा जावलाखेल युथ क्लबमा प्रशिक्षक किशोर कुमार केसी भन्छन्,‘कहाँ भर्खर त चौथो राउन्ड हुँदैछ। रेलिगेसन त आठौं चरणमा पुगेपछि बल्ल आउने कुरा हो। अहिले कहाँ रेलिगेसनको कुरा गर्नु।’ उनले रेलिगेसनबाट जोगिने आशय व्यक्त गरे पनि रेलिगेसन डर पक्कै हुनेछ। त्यो किनभने यो वर्ष लिगबाट दुई टिम रेलिगेसनमा जानेछ।

यसबाहेक यो वर्ष मात्र ए डिभिजन लिगमा डेब्यू गरेको सातदोबाटोको अपराजित यात्रा सकिएको छ। उसले चौथो चरणमा न्युरोड टिमसँग १–० गोलले पराजित भएको छ। त्यसैले तेस्रो चरणमा लिगको शीर्षस्थानमा रहेको सातादोबाटो चौथो खेलमा हार बेहोरेसँगै पाँचांै स्थानमा झरेको छ।

अझै विषेश रुपमा हेर्ने हो भने मछिन्द्रका स्टार स्ट्राइकर विमल घर्तीमगरले चोटमुक्त हुँदै पहिलो गोल पनि यहि चरणमा गरे। त्यस्तै, अहिलेसम्म लिगमा चार टिम अपराजित छन् भने दुई टिमले लिगमा जोर अंक (१०) बनाएका छन्।
त्यसैले अहिले तीन बलिया टिम मछिन्द्र, मनाङ र त्रिभुवन आर्मी क्लब उपाधि दौडमा आएका छन्। तीन टिम नै उपाधिका दावेदार हुन्। त्यसैमध्ये एक टिम मछिन्द्रका फरवार्ड विमलले चोथो चरणमा पहिलो गोल गरे। उनले लिगमा अहिलेसम्म लिगमा ५५ मिनेट मात्र खेल्ने अवसर पाएका छन्। चोटपछि शल्यक्रिया र ९ महिनाको रिहाबपछि मैदान फर्केका विमलको लिगमा यो नै पहिलो गोल हो। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालका अनुसार उनी ९० मिनेट खेल्न पूर्ण फिट भइसकेका छैनन्। साथै, चोटपछि खेल्ने आत्मविश्वास भरिसकेको छैन।

तर यो गोलले भने उनलाई मैदानमा थप समय बिताउन सहयोग गर्नेछ। त्यस्तै लिगको चौथो चरणको खेलमा संकटाका निरज बस्नेतले नेपाल पुुलिस क्लबविरुद्ध सोमबार दिउँसो गोल गरे। त्यो गोल जरी लिगको ५० औं गोल थियो।

चौथो राउन्ड सकिँदा लिगमा २८ खेल पूरा भएका छन् जसमा ५० गोल पूरा भएको छ। ३९ खेलाडीले लिगमा गोल गरेका छन्। लिगमा सबैभन्दन धेरै गोल गर्नेमा तीन खेलाडी अघि छन्। जहाँ सातदोबाटोका मार्टिन्स कोयोदे ओन्गुना, मछिन्द्रका सुनिल बल र संकटाका निरज। उनीहरुले लिगमा समान ३–३ गोल गरेका छन्। मार्टिन्स र सुलिल फरवार्ड हुन भने निरज डिफेन्डर हुन्। लिगमा मार्टिन्स र निरजले समान ३६० मिनेट खेलेका छन् भने सुनिल बलले २७४ मिनेट खेलिसकेका छन्।

पेचिलो रेलिगेसन र उपाधि भिडन्त

जावलाखेलले अहिलेसम्म जोडेको भनेको एक अंक मात्र हो। चार खेलमा एक अंक औसतमै उनले अंक जोड्ने हो भने उसले १३ खेलमा धेरैमा चार अंक जोड्नेछ। पछिल्लो सिजन चार अंक जोडेको सरस्वति क्लब रेलिगेसनमा परेको थियो। जावलखेलको जस्तै हिसाब एपीएफको लागि पनि लागू हुनेछ। किनभने दुवै क्लबले चार खेलमा समान १–१ अंक जोडेका छन्।

पछिल्लो सिजन पुछारबाट दोस्रो स्थानमा थियो ब्रिगेड बोइज क्लब। उसले ९ अंक जोडेको थियो। दुई सिजन अघि पुछारमा रहेका न्युरोड टिम र मछिन्द्र क्लबले समान ७–७ अंक बनाएका थिए। छ वर्षअघि भएको लिगमा चाहिँ पुछारको मोरङले ७ र पुछारबाट दोस्रो स्थानको लुम्बिनीले आठ अंक जोडेको थियो।

त्यो आंकडा मात्र हेर्ने हो भने अब कुनै पनि क्लबले रेलिगेसनबाट बच्नकै लागि पनि कम्तिमा १० अंक जोड्नैपर्ने हुन्छ। तर यो सिजनमा पछिल्लो सिजनमा भन्दा सबै टिमले आफ्नो प्रदर्शन सुधार गरिहेका छन्। यसकारण कुनै पनि टिमलाई जित निकाल्न सजिलो भने छैन।

यता विजेताको लागि पनि उस्तै प्रतिस्पर्धा छ। पछिल्ला चार सिजनहरुमा विजेताले क्रमशः ३५, ३५, ३६ र ३१ जोडेर उपाधि जितेका छन्। यो सिजनमा पनि त्यहि लाइनमा अंक जोड्न टिमले उपाधि जित्ने सम्भावना धेरै छ। अहिले शीर्षस्थानमा दुई टिमको समान १०–१० अंक छ।

३५ अंक पुर्याउनका लागि दुवै टिमलाई २५ अंक आवश्यक छ। र, ९ खेल बाँकी छन्। ९ खेलमा २७ अंक भनेको आठ खेलमा जित र एक खेलमा बराबरी हो। शीर्षस्थानमा दुई टिम मछिन्द्र र मनाङ मर्स्ङ्यादीले लिगको सातौं चरणमा प्रतिस्पर्धा गर्नेछन्। त्यो खेलमा जित निकाल्ने टिमले लिगमा प्रभाव जमाउने अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah