गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार गोरखा नरपालिका र पालुङ्टार नगरपालिका भित्रका चार वटा मेडिकलमा सिलबन्दी गरेको छ। गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो।

औषधि ब्यवस्था विभागले दुई महिना अघि अनुगमन गर्दा मापदण्ड बिपरित भेटिएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अनिलराज कोइरालाले बताए। औषधि ब्यवस्था विभागको असोज ७ गतेको निर्णयअनुसार मपदण्ड बिपरित रहेको, अनुगमनका क्रममा बन्द गरेर असहयोग गरेका मेडिकल, क्लिनिकहरुलाई बन्द गरिएको उनले जानकारी दिए। सिलबन्दी गर्न जिल्ला प्रशासन, प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाका कर्मचारी सहभागि थिए। यी मेडिकल लामो समय देखि मापदण्ड बिपरित सञ्चालन हुँदै आएका हुन्। जिल्लाभर मापदण्ड बाहिर रहेका सञ्चालन हुँदै आएका मेडिक ग्रामिण भेगमा थुप्रै रहेको सरोकारवाला बताउँछन्। नियमित अनुगमन हुन नसक्दा ठूला क्लिनिक र अस्पतालले पनि सरकारले तोकेको मापदण्ड पूर्णरुपमा पालना गरेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah