कात्तिक ४, २०७३ दमक / पछिल्लो १५ दिन यता झापाको दमकमा रहेका दुई अस्पतालमा १९ जना डेंगु रोगका विरामी फेला परेका छन्। यस अघि पनि धरानमा उपचार गराउदै गरेका दमकका एकजनामा पनि डेंगु फेला परेको थियो ।   डेंगुका विरामीहरुमा झापाको तोपगाछी र दमक क्षेत्रका रहेको लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिए। यस अस्पतालमा डेंगु रोगका ५ बिरामी छन्।

त्यस्तै,  कार्तिक १ गते देखि बिहिबारसम्म एड्भान्स हेल्थ केयर सेन्टर दमकमा मात्र १२ जना बिरामिलाई डेंगु भएको प्रमाणित भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सन्तोष सुवेदीले जानकारी दिए।

के भन्छन् विज्ञहरु ?

लाईफलाईन अस्पतालकी वरिष्ठ फिजिसियन डाक्टर खुश्बु प्रिया मिश्रका अनुसार एडिज एजिप्टि जातको पोथि लामखुटेले टोक्दा डेंगु सर्छ। साँझको समयमा लामखुटेले बढी अक्रमण गर्ने भएकाले सर्तक रहन उनले आग्रह गरिन्। यो रोग लागेका विरामीलाई उच्च ज्वरो आउने, वान्ता  जोर्नीका हाडहरु दुख्ने, शरिरमा प्लेटलेस कम भएपछि निलो, रातो डामहरु लगायत लक्षण देखा पर्ने गरेको फिजिसियन डाक्टर मिश्रले बताइन्।

प्लेटलेस कम भएका विरामीका लागि भने दमकमा उपचार सम्भव नभएको उनले बताउनुभयो । यस नियन्त्रणकालगि जनचेतना जगाउन आवस्यक रहेको उनले बताइन्। दमकमा डेंगुका विरामी बढेसंगै लाईफलाईन अस्पताल दमकले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरेर निःशुल्क उपचारको ब्यवस्था मिलाउन शुरु गरिएको लाइफलाइनका अध्यक्ष सुब्बाले बताए।  गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार दमकमा एक जना मात्र डेंगुको विरामी फेला परेका थिए ।

थाहा खबर बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय