काठमाडौं- नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाभियोगबारे आफ्नो स्पष्ट धारणा बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एजेन्डा नभएपनि लोकमानविरुद्ध लगाइएको महाभियोगबारे धारणा राख्न आग्रह गरेका थिए।

बैठकमा बोल्दै युवा नेता गगन थापाले यो मौका भएको बताएका थिए। ‘यो राम्रो मौका हो। यसलाई कुनै हालतमा छाड्न हुँदैन,’ उनले बैठकमा अडान लिएको एक नेताले जानकारी दिए। त्यस्तै विश्वप्रकाश शर्माले पनि महाभियोगबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए।

त्यस्तै नेता दिलेन्द्रप्रसाद बडुले लोकमानको महाभियोग संसदमा दर्ता भइसकेकाले पार्टीले यसबारे औपचारिक धारणा राख्ने बताए। त्यसका लागि छलफल भइरहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

‘लोकमानबारेको महाभियोग संसदमा प्रस्तुत भइसकेको छ। पार्टीभित्र र संसदीय दलमा छलफल गरेर पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ,’ पार्टी प्रवक्ता बडुले भने।

बिहीबारको बैठकमा ८ जनाले आफ्नो राय राखेका थिए। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah