बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी चलचित्र ‘पठान’लाई लिएर निकै चर्चामा छन् ।
उनी केही समय चलचित्रको सुटिङबाट टाढा थिए । तर, बुधवारबाट भने उनले चलचित्रको छायाँकन शुरू गरेका छन् ।
उनको छायाँकन सेटकको तस्वीर सार्वजनिक भएको छ ।
यो तस्वीरमा कलाकार दिगांत हजारिकाले इन्स्टाग्राममा शेयर गरेका हुन् । तर, उनले सो फोटो डिलिट गरेका छन् ।
अहिले पठानको छायाँकन मुम्बईस्थित एक स्टुडियोमा चलिरहेको छ ।



