जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ तर तीन बर्ष पहिले नै मृत्यु भइसकेकी एक महिला समाधि स्थलबाट बाहिर आएकी छिन् । सुन्दा अचम्म लागेपनि यो घटना सत्य भएको त्यहाँका मानिसहरुले दाबी गरेका छन् र यससँग सम्बन्धित तस्बिरहरु पनि बाहिर आइरहेकाले यो कुरा सत्य भएको हुनसक्ने विश्वास गरिएको छ ।

यो घटना इन्डोनेसियाको हो । दक्षिण सुलावेसी द्धीपको ताना तोराजा इलाकामा यो घटना भएको छ । त्यहाँ रहेका मानिसहरुको विश्वास रहेको छ कि मृत्यु प्रक्रिया क्षणिक नभएर लामो हुने गर्दछ ।

त्यसैले गर्दा मानिसहरु समाधिबाट जति बेला पनि फर्किन सक्ने बताएका छन् । मसानघाटबाट मानिस बाहिर निस्किन सक्ने खबर पत्यार नलागेपछि अनुसन्धानकर्ताहरुले यस विषयमा थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाएका हुन् ।

सामाजिक सञ्जालमा पनि मसानघाटबाट फर्किएकी महिलाको तस्वीर भाइरल भइरहेको छ । तस्वीर हेर्दा महिलाको छाला पुरै गलेको देखिन्छ । न त नाक बचेको देखिन्छ न त आँखा नै । यो कुरा तस्बिरबाट पनि पुष्टि हुन्छ र त्यो हेरेर महिला जिउँदै छिन् कि मरेको छ भन्ने कुरा पनि भन्न सकिदैन ।

बैज्ञानिक दृष्टिमा त यस्तो घटना हुनु असम्भव नै हुन्छ । तर यहाँका मानिसहरुले यो घटना वास्तवमै भएको दाबी गरिरहेका छन् । उनीहरु मरेको मान्छे जिउँदो भएर मसानघाटबाट बाहिर निस्कनेमा पनि विश्वास गर्छन् ।

तर कतिपय सञ्चार माध्यमले यो खबरको खण्डन गरेका छन् । बरु इन्डिानेसियाको यो इलाकामा बस्ने मानिसहरुले आफ्ना पूर्वजलाई समाधिबाट निकालेर परम्पराअनुसार पूजा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी रहेको छ ।

हिन्दु देशहरुमा मरेका मानिसहरुलाई पिण्ड दिएर मृतकहरुको आत्माको शान्तिका लागि पुजा गरिन्छ तर यहाँको परम्परा मानिसहरुको सोचभन्दा बाहिर रहेको छ ।

इन्डोनेसियाका आदिवासीहरु आफ्ना पूर्वजको लासलाई समाधिबाट निकालेर परम्परा अनुसार पूजा आराधना गरी नयाँ लुगा लगाइदिन्छन् र पुनः त्यहीँ खाल्डोमा हालेर गाड्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah