जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना देखिएपछि अस्पतालले आकस्मिकबाहेका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । कोरोना संक्रमण भएका ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
उनीहरुमध्ये एकजनाको अस्पतालमा अन्य ८ जना होम आइसोलेसनमा छन् । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।
पछिल्लो समयमा पाल्पामा कोरोना संक्रमण बढ्दै गएको छ। यहाँ हाल २६ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर