थाहा छैन मलाई धर्मले के गर्यो
थाहा छैन मलाई मर्मले के गर्यो
बस मलाई यति मात्र थाहा छ कि
छैठिमा लेखिएको कर्मले के गर्यो

न त मलाई कुलतले बिगार्यो
न त मलाइ लतले नै सपार्यो
बस भोगाइ छ एक जिवनमा
बेमौसमी दिनहरुमा संघर्षले मज्जाले झपर्यो
रचनाकार:-श्याम कार्की



