एजेन्सी – पुष्पा : द राइज हिट भएपछि दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनले पारिश्रमिक बढाएका छन् ।

सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि सुप्पर हिट भइरहेको छ ।

त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् । अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ ।

त्यस्तै रश्मिकाले पुष्पाको सिक्वेलका लागि ३ करोड भारु मागेकी छन् । यसअघि उनी एउटा फिल्मको १ करोड लिने गर्थिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय