आसन्न नेपाल र मोरिससको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । जनवरी २९ र फेब्रेवरी एक तारिखमा हुने दुई वटा मैत्रीपुर्ण खेलको प्रत्यक्ष प्रशारण अधिकार कान्तिपुरले पाएको छ । कान्तिपुर र अखिल नेपाल फुटबल संघ एन्फाविच आधिकारीक रुपमा सहमती भएको बताइएको छ । हाल ए डिभिजन लिगको समेत प्रत्यक्ष प्रशारण गरिरहेको कान्तिपुरलाई नै एन्फाले मैत्रीपुर्ण खेलको अधिकार दिएको छ । नेपालसँगको खेलका लागि मोरिससको टिम सोमबार काठमाडौं पुगेको छ । २३ खेलाडी र १० अफिसियलसहितको टिमका केहि मुख्य खेलाडी भने नेपाल आउन पाएनन् । यो मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले बन्द प्रशिक्षण गरिरहेको छ । केहि दिनमा नै नेपाली टिमले पनि अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ । फिफा विन्डोको बेला नेपालले पहिलो पटक अफ्रिकी देश मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यो खेलका लागि नेपाली टिममा केहि नयाँ अनुहार देखिने संभावना पनि छ ।



