रत्ननगर  चितवन , ५ कात्तिक । चितवनको घोप्टेभिरमा आज बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नंको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन् ।

आज बिहान करिब २ः३५ को समयमा उक्त घटना भएको हो । उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ । उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ ।

गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ । खोजी जारी रहेको प्रहरीले जनाएको छ । अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उनका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय