कम्बोडियाकी एक महिलाले पाँच महिनाको बाछोसँग विवाह गरेकी छिन् । किम हेङग नाम गरेकी ती महिलाले आफ्नै घरमा पालिएको बाछोसँग विवाह गरेकी हुन् । उनीहरुको विवाहको चर्चा हाल विश्वभर बढ्दो मात्रामा रहेको छ ।
७४ बर्षीया किमले बाछोसँग दोस्रो विवाह गरेकी हुन् । उनका छोरा छोरी पनि रहेका छन् । संयुक्त परिवारमा रहदै आएकी ती महिलाले बाछोसँग विवाह गर्नुको कारण सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । आफ्नो पतिको मृत्यु पश्चात् उनी बाछोका रुपमा जन्म लिएर फर्किएकाले उक्त विवाह गरेको बताएकी छिन् ।

खासमा कम्बोडियाको कारकैटी प्रान्तकी ती महिलाका पतिको मृत्यु गत बर्ष मात्रै भएको थियो । किमका अनुसार उनका पति जे जे काम गरिरहेका हुन्थे, त्यो बाछो पनि त्यसै अनुसार नै उनी र उनको परिवारसँग व्यवहार र बाछोको हरेक क्रियाकलाप उनको पतिसँग मिल्ने गरेको छ । त्यसैले उनका पतिको यही बाछोका रुपमा पुर्नजन्म भएको दाबी गरेकी छिन् ।

यि दुईको विवाह पछि उक्त बाछो गाउँमा एक लोकल सेलिब्रेटीका रुपमा परिचित भइसकेको छ । उक्त घरमा दिनभर मानिसहरुको भीड लाग्ने गरेको छ । महिलाले दाबी गरेअनुसार उनका परिवारले पनि विश्वास गर्दै बाछोलाई परिवारको सदस्यका रुपमा स्वीकार गरिसकेका छन् । बाछो पनि मानिसजस्तै गरी उक्त परिवारमा रहदै आएको छ । उसलाई पनि अन्य परिवारका सदस्यले खाए जस्तै खाना खुवाउने, नुहाइदिने गरिरहेका छन् ।
बाछोलाई कुनै गोठमा नराखी घरमा नै सुताउने गरिएको छ । ती महिलाले आफ्ना पति सुत्ने खाटमा नै बाछोलाई सुताउदै आएकी छिन् । उनका बालबच्चाले पनि त्यो पाँच महिनाको बाछोलाई आफ््ना बाबुको रुपमा स्वीकार गरिसकेका छन् । उनीहरुले त्यो बाछोलाई नबेच्ने र सधैँभरी माया गरेर सेवा गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah