बलिउडका महानायक अमिताभ बच्चन र साउथ सुपरस्टार प्रभास एकसाथ फिल्ममा देखिँदैछन् । फिल्मको सुटिङ समेत सुरु भएको छ । धेरै भाषामा बन्ने साइन्स फिक्सन फिल्मको अहिलेसम्म नाम भने जुरेको छैन । फिल्मको सुटिङको दोस्रो सेडुलको पहिलो दिन शनिबार अमिताभ र प्रभासले एकसाथ अभिन,य गरेका छन् । जसको अनुभव शेयर गर्दै अमिताभले प्रभासको तारिफ समेत गर । उनले प्रभासको तारिफ गर्दै प्रतिभाशाली र विनम्र कलाकार भएको बताए ।
प्रभासले भने वरिष्ठ कलाकार अमिताभ बच्चनसँग काम गर्नु आफ्नो लागि सपना जस्तो भएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार प्रभास र अमिताभ मुख्य भूमिकामा रहेको यो भारतको महँगो फिल्ममध्ये एक हुनेछ ।
फिल्मका पहिलो सेडुलको छायाङ्कन गत वर्षको डिसेम्बरमा भएको छ । निर्देशक नाग अश्विनको फिल्ममा अमिताभ र प्रभासको साथमा दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिनेछिन् । दीपिकाको भूमिका हैदरावादमा प्रभासको साथ सुटिङ भइसकेको छ ।



