
‘मिस उर्लाबारी २०२२’ को उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन् । होटल ग्रान्डमा आयोजित अन्तिम स्पर्धामा उनले उपाधिसँगै नगद ५० हजार र ट्रफी समेत जितेकी छन् । त्यस्तै ज्वाला लिम्बू फस्ट रनर अप र अंकिता कटुवाल सेकेन्ड रनरअप भए । दुबैले क्रमशः नगद ३०, २० हजार प्राप्त गरे ।
१७ युवतीहरूले प्रतिस्पर्धा रहेको प्रतियोगिताको कोरियोग्राफी सविना पोदार र निर्णायकमा चलचित्र निर्देशक भीषण राई र स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुषा बस्नेत, मिस लिम्बु २०१७ कि फष्ट रनर अप सन्ध्या तुम्बाहम्फे लगायत रहेका थिए ।
स्थानीय युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले मिस उर्लाबारी आयोजना गरिएको आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए ।