काठमाडौं, ६ कात्तिक । अध्यागमनका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अकैंको राहदानी (पासपोर्ट) प्रयोग गरी तिव्वती मूलका चिनियाँ नागरिक योङ डेङ चीन पुगेको तथ्य खुलेको छ ।

आजको राजधानी दैनिकमा खबर छ– चिनियाँ प्रहरीले छेङ्दु विमानस्थलमा पक्राउ परेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचतारीको मिलेमतोमा अर्कैको पासपोर्टमा एयर चाइनाको विमानबाट चीन गएको तथ्य खुलेको हो ।

डेङ अर्का चिनियाँ नागरिक झा झी रोङको रद्द भइसकेको राहदानी नम्बर जी २३८०२८५९ प्रयोग गरेर असोज २५ चीन उडेका थिए । स्रोतका अनुसार छेङदु विमानस्थलमा उत्रिएपछि चिनियाँ अध्यागमन कार्यालयले उनीसँग पासपोर्ट माग्दा देखाउन इन्कार गरेका थिए ।

पासपोर्ट नदिएपछि छेङदु अध्यागमले पक्राउ गरी अनुसन्धान अघि बढाउँदा उनले त्रिभुवन विमानस्थलमा रहेका अध्यागमन कर्मचारीलाई घुस दिएर सेटिङ मिलाई अर्कैको राहदानीमा चीनतर्फ उड्न सफल भएको वयान दिएका छन् ।

पक्राउ परेसँगै एयर चाइनालये उनले प्रयोग गरेको राहदानीको फोटोकपी, परिचयपत्र, फोटोसहित अर्कै व्यक्ति गएको विवरण नेपालस्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

एयर चाइनाले रिपोर्ट दिएपछि मात्र अर्कैको राहदानी प्रयोग गरी गलत मान्छे चीन गएको तथ्यबारे अध्यागमनका सबै कर्मचारीले जानकारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah