किर्गिस्तानका राष्ट्रपतिकी छोरीको एउटा फोटोले त्यहाँ व्यापक विवाद र बहस जन्मायो। कतिपयले उनलाई मर्यादा नाघेको आरोप लगाए भने कतिपयले अश्लिलता मच्चाएको भन्दै सोसल मिडियामा आक्रमण गरे। किर्गिस्तानका राष्ट्रपति अल्माज्वेक अताम्बायवकी कान्छी छोरीले गत अप्रिलमा आफ्नी नवजात सन्तानलाई स्नानपान गराइरहेको एउटा फोटो सोसल मिडियामा अपलोड गरेकी थिइन्।

 फोटोमा २० वर्षीय आलिया शागिएभाले भित्री वस्त्रमात्र लगाएकी छन् र आफ्ना छोरालाई सत्नपान गराइरहेकी छन्। उनले फोटोसँगै लेखेकी थिइन्- ‘म मेरो सन्तानलाई उसले जतिबेला र जहाँ चाहन्छ त्यहाँ स्तनपान गराउँछु।’ अनैतिक काम गरेको आरोप थेग्न नसकेपछि आलियाले अपलोड गरेको केही बेरमा नै उक्त फोटो हटाउन बाध्य भइन् तर बीबीसीलाई हालै दिएको अन्तर्वार्तामा उनले भनेकी छन्- दोष त्यो संस्कृतिको हो जसले महिलाको रुपलाई यौनको नजरले मात्र हेर्छ र व्यवहार गर्छ। ‘मसँग जुन शरीर छ त्यो अश्लिल (भल्गर) होइन। यो त क्रियाशील (फङ्सनल) हो’, बीबीसी किर्गिस्तानसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यसको उद्देश्य भनेको मेरो सन्तानको मनोवैज्ञानिक आवश्यकताको पूर्ति गर्नु हो, कामुकता प्रदशर्न गर्नु (सेक्सुअलाइज) गराउनु होइन।’ अन्तर्वार्तामा उनले फोटो अपलोड गर्नुको कारण पनि खुलाएकी छन्। सोसल मिडिया प्रयोगकर्तामात्र होइन, उनका अभिभावक, राष्ट्रपति अल्माज्वेक अताम्बायव र आमा रैसा पनि उनीसँग खुसी थिएनन्।

‘उनीहरूले मेरो कामलाई राम्रो मानेनन्। यसलाई नयाँ पुस्ता उनीहरूका अभिभावक भन्दा कम  रुढीवादी छन् भनेर पनि बुझ्न सकिन्छ’, उनले भनेकी छन्। उनी सोसल मिडियामा आफ्नो र आफ्नो परिवारको तथा आफूले बनाउने कलाका फोटोहरू पोस्ट गरिरहन्छिन्। ‘जब म मेरो सन्तानलाई दुध खुवाइरहेकी हुन्छु, मलाई लाग्छ कि म उसलाई सकेको दिएरहेकी छु’, उनले अन्तर्वार्तामा भनेकी छन्, ‘मानिसहरू के भन्छन् भनेर चासो दिनुभन्दा पनि, मेरो बच्चाको ख्याल राख्नु र उसको आवश्यकतामा आफूलाई समर्पित गर्नु मेरो लागि बढी महत्वपूर्ण छ।’   समाजिक रुपमा रुढीवादी रहेको किर्गिस्तानमा सार्वजनिक ठाउँमा बच्चालाई दूध चुसाउनु भने सामान्य मानिन्छ। सार्वजनिक स्थल र पार्कमा  आमाहरू बच्चालाई दूध चुसाइरहेको भेटिन्छ तर उनीहरू आफ्नो स्तन कपडाले ढाक्ने गर्छन्।   यहाँ ७५ प्रतिशतभन्दा बढी मुसलमान आवादी छ।   जब अलियाले नवजात शिशुलाई दूध चुसाउँदै गरेको फोटो सोसल मिडियामा पोस्ट गरिन्, मध्य एसियाको किर्गिस्तानमा मात्र यसले हलचल मच्चाएन, युरोप र अमेरिकाका मिडियाले समेत उक्त फोटोलाई प्रकाशित गरे। कतिपयले व्यक्तिगत फोटो अपलोड गरेको भनेर उनको आलोचना गरे भने कतिपयले सामाजिक सोचलाई चुनौती दिएको भनेर प्रसंसा पनि गरेका थिए। तर व्यापक बहस र विवाद निम्त्याएको उक्त फोटो उनले आफ्नो वालबाट हटाउन उनी बाध्य भइन्।

उनलाई डर थियो कि त्यही फोटोले उनको भर्खर सुरु भएको पारिवारिक जीवनमा अप्ठ्यारो नपरोस् र आफ्ना बाबु आमा पनि आफूसँग बेखुसी नबनुन्। फोटो हटाउनुको कारणबारे उनले भनेकी छन्- ‘भर्खर बन्दै गरेको परिवारका लागि खतरा नहोस् भनेर….।’ तर फोटो हटाए पनि न उनी बोल्न रोकिइन् न त मातृत्व, स्तनपान र महिलाको शरीरबारेको बहस नै रोकियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah