काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो ।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटियो । ओन्टारियोका लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ७१ रनको योगदान दिए भने र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे । ओन्टारियोका रेमन्ड, भरुण सेहदेव र किनान टिन्टोले १/१ विकेट लिए ।

यसअघि शुक्रवार राति भएको एक दिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँगको श्रृङ्खला अघि नेपालले अभ्यास खेल खेलेको हो ।अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय जुलाई ५ तारिख र दोस्रो एक दिवसीय जुलाई ६ तारिखमा हुनेछ । त्यसपछि नेपालले स्कटल्यान्डमा विश्व कप लिग टु अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah